चीनको सिन्जियाङमा नयाँ सहर ‘काओहु’ स्थापनाको घोषणा, केन्द्रीय समिति र राज्य परिषद्बाट स्वीकृत

उरुम्की, सिन्जियाङ — वैशाख ४। उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको जन सरकारले शुक्रबार ‘काओहु सहर’ को स्थापनाको औपचारिक घोषणा गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्बाट स्वीकृति प्राप्त भएपछि उक्त काउन्टी स्तरीय सहरको स्थापना गरिएको हो। यो सहर स्वायत्त क्षेत्रको प्रत्यक्ष प्रशासन अन्तर्गत रहनेछ।
जानकारी अनुसार नवगठित काओहु सहरको सरकारको केन्द्र काओहु गाउँपालिकामा रहनेछ।





