९ बैशाख २०८३, बुधबार

आर्मेनिया–अजरबैजान पारवहन मार्ग खुला भएपछि आर्मेनियाको आयातमा तीव्र वृद्धि

येरेवान। दशकौंको द्वन्द्वपछि पारवहन मार्गहरू पुनः सञ्चालनमा आएसँगै अजरबैजान हुँदै आर्मेनियाको आयातमा तीव्र वृद्धि भएको छ। आधिकारिक तथ्याङ्क उद्धृत गर्दै आर्मेनप्रेसले शुक्रबार यो जानकारी दिएको छ।

नोभेम्बर ६, २०२५ देखि अप्रिल १५, २०२६ सम्मको अवधिमा २६,००० टनभन्दा बढी सामान अजरबैजानी क्षेत्र हुँदै पारवहन भएको छ। जसमा २४,८६५ टन गहुँ, १,३६२ टन उर्वरक र ६८ टन एक प्रकारको अन्न (बकव्हीट) समावेश छ। साथै, डिसेम्बर २०२५ देखि जर्जिया हुँदै रेलमार्गबाट ९,३३७ टन अजरबैजानी इन्धन आर्मेनिया पुगेको छ।

अजरबैजानी क्षेत्र हुँदै पहिलो रेल पारवहन नोभेम्बर ६, २०२५ मा रेकर्ड गरिएको थियो, जुन दुई छिमेकी देशबीचको यातायात सम्बन्धमा एक ऐतिहासिक विकासको रूपमा चिन्हित गरिएको छ।

अधिकारीहरूका अनुसार यी तथ्याङ्कहरूले ‘क्षेत्रीय सहकार्य र शान्तिको परिणाम पहिले नै मूर्त रहेको’ प्रदर्शन गर्दछ, जसले आर्थिक विकासका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ। यो वृद्धि अक्टोबर २१, २०२५ मा अजरबैजानी राष्ट्रपति इल्हाम अलियेवले आर्मेनियाली सामानहरूमा रहेका सबै पारवहन प्रतिबन्धहरू हटाउने वाचा गरेपछि र आर्मेनियाले पनि सोही अनुसार प्रतिक्रिया जनाएपछि भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button