जिबुटीका राष्ट्रपति गुलेले पुनः निर्वाचित भएपछि सी चिनफिङको बधाई सन्देश

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार जिबुटीका राष्ट्रपति इस्माइल ओमार गुलेलेलाई पुनः निर्वाचित भएकोमा बधाई सन्देश पठाएका छन्। सन्देशमा सी चिनफिङले चीन र जिबुटीबीच गहिरो परम्परागत मैत्री रहेको उल्लेख गरे। उनले भने, ‘हालैका वर्षहरूमा दुई देशबीच राजनीतिक पारस्परिक विश्वास सुदृढ भएको छ र व्यावहारिक सहकार्यमा फलदायी परिणामहरू हासिल भएका छन्।’ उनले द्विपक्षीय मैत्री तथा विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य प्रवर्द्धनमा गुलेलेको प्रयासको प्रशंसा पनि गरे।
चीन–जिबुटी सम्बन्धको विकासलाई उच्च महत्व दिने उल्लेख गर्दै सी चिनफिङले आफू गुलेलेसँग मिलेर आ–आफ्नो मूल हित र प्रमुख चिन्ताका विषयहरूमा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, चीन–अफ्रिका सहकार्य मञ्चको बेइजिङ शिखर सम्मेलनको परिणामहरू कार्यान्वयन गर्न, चीन–जिबुटी व्यापक रणनीतिक साझेदारीलाई निरन्तर समृद्ध बनाउन, र दुई जनतालाई राम्रो फाइदा पुर्याउन तयार रहेको बताए।





