८ बैशाख २०८३, मंगलवार

सर्वोच्चको फैसला अस्वीकार्य भन्दै निधिले भने : ‘स्वयं घोषित सभापति र कार्यसमितिलाई मान्दिनँ’

काठमाडौं, वैशाख ५ — नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले शुक्रबार दिएको फैसलालाई आफूले स्वीकार नगर्ने बताएका छन्। सर्वोच्चको फैसलापछि कान्तिपुरसँगको कुराकानीमा उनले स्पष्ट रूपमा भने, ‘म विशेष महाधिवेशनबाट स्वयं घोषित सभापति र कार्यसमितिलाई मान्दिनँ।’

निधिले अब कसरी अघि बढ्ने भन्ने विषयमा आफ्नो पक्षका नेताहरूसँग परामर्श गरेर मात्र निर्णय लिइने बताएका छन्। ‘अबको बाटोबारे हामी आफ्ना साथीहरूसँग छलफल गरेर टुङ्गो लगाउँछौं,’ उनले भने।

यसैबीच, एउटा रोचक पक्ष के देखिएको छ भने गत फागुन २१ मा सम्पन्न आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका निधिले सोही विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षरबाट पार्टीको टिकट लिएका थिए। विशेष महाधिवेशनलाई अस्वीकार गर्ने तर सोही महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट चुनावी टिकट लिने उनको यो दोहोरो अडानले पार्टीभित्र नयाँ बहसको सुरुवात भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button