‘परिवर्तन चाहने जनता अब विचार गर्नू : इन्धनको मूल्यवृद्धि अन्तर्राष्ट्रिय परिस्थिति कि जनविरोधी निर्णय?’ – एमाले सचिव बस्नेतको प्रश्न

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरेसँगै राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। यो वृद्धिले महँगीले जनताको ढाड नै सेक्ने अवस्था सिर्जना गरेको भन्दै विरोध सुरु भएको छ। इन्धनको मूल्य बढेसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने लगभग निश्चित रहेकोले सामान्य नागरिकलाई जीवन धान्न झन् कठिन हुने देखिएको छ।

यसै सन्दर्भमा नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत् राखेको विचारले चर्चा पाएको छ। रास्वपा सरकार बनाउने चरणमा रहेको र उसकै समर्थनमा सरकार सञ्चालन भइरहेको अवस्थामा यस्तो निर्णयलाई लिएर उनले प्रश्न गरेका छन् – यसलाई अन्तर्राष्ट्रिय परिस्थिति (अमेरिका–इरान तनाव र विश्वव्यापी महँगी) को कारण भनेर चित्त बुझाउने हो, कि जनविरोधी निर्णय भनेर विरोध गर्ने हो ?

बस्नेतले परिवर्तन चाहने जनताले यस विषयमा गम्भीरतापूर्वक मनन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनको यस अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सामाजिक सञ्जालमा बहससमेत सुरु भएको छ। रास्वपा निकट युवाहरू भने यो मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको परिस्थितिले गर्दा भएको र यसलाई राजनीतिक रूपमा लिन नहुने तर्क गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button