समुद्री शक्तिको चिनियाँ बाटो : राष्ट्राध्यक्ष सीको लेखमा ‘पाँच अझ बढी ध्यान’ को आह्वान

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख ‘समुद्री अर्थतन्त्रको उच्च गुणस्तरीय विकास प्रवर्द्धन’ मार्च १६ तारिख प्रकाशित हुने छ्यौश जर्नलको अंक ६ मा छापिने भएको छ। उक्त लेखमा चिनियाँ शैलीको आधुनिकीकरणलाई गति दिन समुद्री संसाधनको उच्च दक्षताका साथ विकास र उपयोग गर्नुपर्नेमा जोड दिइएको छ। चिनियाँ विशेषतायुक्त समुद्री शक्तिको विकास गर्दै राष्ट्रिय समग्र क्षमता अभिवृद्धि गर्ने मार्ग अवलम्बन गर्नुपर्ने लेखमा उल्लेख छ।
लेखले समग्र सोचका रूपमा ‘पाँचवटा अझ बढी ध्यान दिनुपर्ने’ पक्षहरूलाई समेटेको छ। जसअनुसार अझ बढी नवीन प्रवर्तनमा ध्यान दिँदै मुख्य आधारभूत प्रविधिहरूको विकास गर्नुपर्ने र समुद्री विज्ञान तथा प्रविधिमा उच्च स्तरको आत्मनिर्भरता र सशक्तिकरण हासिल गर्नुपर्ने उल्लेख छ।
यस्तै, अझ बढी स्थल र समुद्री समन्वयन तथा पहाड र समुद्रको सहक्रियामा ध्यान दिनुपर्ने, अझ बढी उद्योगको नवीकरणमा ध्यान दिँदै आधुनिक समुद्री उद्योग प्रणाली निर्माण गर्नुपर्ने, अझ बढी मानव-समुद्रको सुसंगततामा ध्यान दिँदै विकास र संरक्षणको समन्वय गर्नुपर्ने लेखमा जोड दिइएको छ।
त्यसैगरी, अझ बढी सहयोग र विन–विनमा ध्यान दिँदै राष्ट्रिय समुद्री अधिकारको दृढतापूर्वक संरक्षण गर्नुपर्ने पनि राष्ट्राध्यक्ष सीको लेखमा उल्लेख गरिएको छ। यो लेखले चीनको समुद्री विकास रणनीतिको दीर्घकालीन दृष्टिकोण र त्यसका प्राथमिकताहरू स्पष्ट पारेको विश्लेषकहरूले बताएका छन्।





