खजुरामा रात्रिकालिन फुटबल २०८२ : स्थानीय उत्साह, प्रतिस्पर्धा र सहयोगले उज्यालिएको ऐतिहासिक सुरुवात

बाँके / बाँकेको खजुरा गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको “प्रथम खजुरा नाइट फुटबल ५–ए साइड प्रतियोगिता २०८२” उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। खजुरा–४, बाँकेस्थित मुसकटवा बाबा खेल मैदान डि गाउँमा फागुन ३० गतेदेखि सुरु भएको यस प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति र समर्थन प्राप्त गरेको छ। आयोजक ब्रदर्स एफ.सी.ले सञ्चालन गरेको प्रतियोगिताले खजुरामा खेलकुद गतिविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ भने रात्रीकालीन स्वरूपका कारण खेलहरू झन आकर्षक र दर्शकका लागि रोमाञ्चक बनेका छन्। दोस्रो दिनका खेलहरूमा भद्रकाली एफसीले डेंजरस एफसीलाई पराजित गर्दै विजयी सुरुवात कायम राखेको छ। त्यसैगरी, न्यू बागमती सपोर्ट क्लबविरुद्धको खेलमा YFD ढकेरी विजयी भएको छ भने हिमालयन एफसी र NJYCबीचको प्रतिस्पर्धामा NJYC ले जित हात पार्न सफल भयो।
तेस्रो दिन पनि प्रतिस्पर्धा उस्तै रोचक रह्यो। मानवी एफसीले मोडल एफसीलाई हराउँदै अर्को चरणमा स्थान सुरक्षित गर्यो। सिमलघारी र HFCबीचको खेलमा HFC विजयी भयो। सोही दिन दोस्रो चरणअन्तर्गत NJYC र YFD ढकेरीबीच भएको खेलमा NJYC ले पुनः जित निकाल्दै उपाधितर्फ बलियो दाबी प्रस्तुत गरेको छ।
प्रतियोगिताको विशेष आकर्षणका रूपमा स्थानीय स्तरमा प्राप्त सहयोग र समर्थन पनि उल्लेखनीय रहेको छ। विशेष सहयोगस्वरूप खजुरा–४, बाँके निवासी प्रेम सागर पौडेल र प्रतिक्षा पौडेलले प्रतियोगिताको सफल आयोजनाका लागि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँहरुले प्रतियोगितामा प्रथम पुरस्कारको राशी उपलब्ध गराउनु भएको छ। जसप्रति आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।


यस प्रतियोगितालाई सफल बनाउन विभिन्न समाजसेवी, शुभचिन्तक र स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहयोग रहेको छ। युवाहरूको प्रेरणाका स्रोत सुमन मल्लले नगद रु. १५,००० सहयोग प्रदान गर्नुभएको छ। त्यस्तै, सिङ्गापुर पुलिसमा कार्यरत खजुरा–३ निवासी अनीश मर्साङ्गी मगरले रु. १०,००० नगदसहित खेल सामग्री सहयोग गर्नुभएको छ।

यसैगरी, समाजसेवी बम बहादुर शाहीले (रु. ३,०००), युवा समाजसेवी जीवन गुरुङले (रु. ५,०००), युवा समाजसेवी विकास गुरुङले (रु. ३,०००), युवा समाजसेवी दिवस थापाले (रु. ५,०००), पुवा समाजसेवी गणेश क्षेत्रीले (रु. ८,०००), युवा समाजसेवी मानिस सुनारले (रु. ५,०००), युवा समाजसेवी विक्रम कुमालले (रु. ५,०००) र युवा समाजसेवी सुमित गुरुङले (रु. ३,०००), लगायतका व्यक्तित्वहरूले पनि आर्थिक सहयोग गर्दै प्रतियोगिताको सफलतामा महत्वपूर्ण योगदान पुर्याएका छन्।

यसका अतिरिक्त, विभिन्न समाजसेवी तथा शुभचिन्तकहरूबाट प्राप्त आर्थिक तथा सामग्री सहयोगले प्रतियोगितालाई अझ व्यवस्थित र सफल बनाउन टेवा पुर्याएको आयोजकले जनाएको छ। युवाहरूको सक्रियता, समुदायको एकता र खेलप्रेमीहरूको उत्साहले खजुरामा पहिलोपटक आयोजना गरिएको यो नाइट फुटबल प्रतियोगिता एक प्रकारको खेलकुद महोत्सवकै रूपमा स्थापित भइरहेको छ।
आयोजक ब्रदर्स एफ.सी.ले सबै सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा, खेलकुद संस्कृतिको विकास र युवाहरूको सक्रिय सहभागिता बढाउने विश्वास व्यक्त गरेको छ। खजुरामा सुरु भएको यो प्रतियोगिताले भविष्यमा अझ ठूला खेलकुद गतिविधिहरूको आधार तयार गर्ने अपेक्षा गरिएको छ।





