‘एउटा फोनले बदल्न सक्छ जीवन’ : सडक आश्रितका लागि काठमाडौं महानगरको कल सेन्टर

काठमाडौं । सडकहरूमा अझै पनि कयौं आमा–बुबा, दिदीबहिनी र दाजुभाइहरू विभिन्न कारणले परिवारबाट टाढा, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा वा आर्थिक अभावका कारण खुला आकाशमुनि जीवन बिताउन बाध्य छन्। तर सबैले सुरक्षित घर, सम्मान र मर्यादित जीवन पाउनुपर्छ। यही सोचका साथ काठमाडौं महानगरपालिका र मानव सेवा आश्रम मिलेर सडक आश्रित नागरिकहरूको उद्धार र पुनर्स्थापनामा काम गरिरहेका छन्।
अब यो अभियानलाई अझ छिटो र प्रभावकारी बनाउन कल सेन्टर सञ्चालनमा ल्याइएको छ। यदि तपाईंले कसैलाई सडकमा सहयोग आवश्यक परेको देख्नुभयो भने ०१-५९७९८८२ मा फोन गर्न सक्नुहुनेछ। कार्यवाहक मेयर सुनिता डंगोलले भनेकी छन्, ‘तपाईंको एउटा फोनले कसैको जीवन परिवर्तन हुन सक्छ। हामी नै त्यो पुस्ता बनौं, जसले वास्ता गर्छ।’ यो पहलले सडक आश्रितहरूको उद्धारमा सहजता ल्याउने अपेक्षा गरिएको छ।





