८ बैशाख २०८३, मंगलवार

स्पेनी पुरातात्त्विक टोलीले इजिप्टको मिनिया प्रान्तमा ३० ईसापूर्वदेखि ३९५ ईस्वीको दुर्लभ चिहान पत्ता लगायो

कायरो । इजिप्टको पर्यटन तथा पुरातात्त्विक मन्त्रालयले शनिबार जनाएअनुसार एक स्पेनी पुरातात्त्विक टोलीले इजिप्टको मध्य मिनिया प्रान्तमा ३० ईसापूर्वदेखि ३९५ ईस्वीको अवधिको दुर्लभ चिहान पत्ता लगाएको छ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यो खोजले रोमन र ग्रीक कालहरूमा अन्त्येष्टि प्रथाहरूमा प्रकाश पार्न मद्दत गर्नेछ।

उक्त स्थलमा टोलीले धेरै रोमन-कालका ममीहरू पनि फेला पारेको छ। केही ममीहरू ज्यामितीय ढाँचाले सजाइएको पट्टीमा बेरिएका छन्। साथै, काठको कोफिन, तीन सुनौला जिब्रो र एक तामाको जिब्रो समेत भेटिएको छ। केही ममीहरूमा प्रयोग गरिएको सुनको टुक्राको प्रमाण पनि फेला परेको छ। पुरातात्त्विक परिषद्का महासचिव हिशाम एल-लिथीले यो खोजले रोमन र ग्रीक कालहरूमा यस क्षेत्रको अन्त्येष्टि अभ्यासहरूमा नयाँ अन्तरदृष्टि प्रदान गर्ने बताएका छन्। यो दुर्लभ खोजले इजिप्टको समृद्ध ऐतिहासिक र सांस्कृतिक सम्पदालाई उजागर गरेको छ। यसले त्यस कालखण्डको अन्त्येष्टि प्रक्रिया, धार्मिक विश्वास र कलात्मक प्रवृत्तिहरू बुझ्नमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ। हाल यस विषयमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button