अखिल सिक्किम मंगर संघको समन्वय बैठक सम्पन्न, ब्लक समिति गठन र प्रधानमन्त्री भ्रमणबारे छलफल

गान्तोक, सिक्किम । अखिल सिक्किम मंगर संघ, गान्तोक जिल्ला समितिको समन्वय बैठक आज होटल तिब्बतमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता श्री काजी मंगर र श्री भीम रानाले गरेका थिए। बैठकमा राष्ट्रिय मंगर संघ भारतका अध्यक्ष विष्णु राना, जिल्ला समितिकी अध्यक्ष श्रीमती अभि माया थापा लगायत अन्य जिल्ला समिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा ब्लक समिति गठन कार्यक्रम, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सिक्किम भ्रमण तथा अन्य समसामयिक विषयहरूमा विस्तृत रूपमा छलफल गरिएको थियो। बैठकमा उपस्थित सदस्यहरूले आगामी दिनमा संघलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा समेत आ–आफ्नो धारणा राखेका थिए। सभाको समापन धन्यवाद ज्ञापनका साथ भएको थियो।





