‘बिरामी भेटघाटलाई एकताको सङ्केत भन्दै गरिएको टीकाटिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति’

काठमाडौं, वैशाख ६ — नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिरामी अवस्थामा भएको सद्भावपूर्ण भेटघाटलाई लिएर भइरहेको टीकाटिप्पणीप्रति आपत्ति जनाएका छन्।
उनले कम्युनिस्ट पार्टी एकताको सम्भावनालाई लिएर समाजवाद र जनवादप्रति अरुचि राख्ने तथा मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु स्वाभाविक भए पनि आफूलाई वामपन्थी भन्न रुचाउने र एमालेकै नामसँग जोडिएका केही नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा अचम्म लागेको बताएका छन्।
सचिव बस्नेतले भनेका छन्, “पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिरामी भएको बेला भएको सद्भावपूर्ण भेटलाई अनेकन् अर्थ लगाएर ‘कम्युनिस्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ’ भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु त स्वाभाविक हो। तर, आफूलाई वामपन्थी भन्न रुचाउने, अझ एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा भने अचम्म लाग्छ।”
बस्नेतको यो अभिव्यक्तिले एमालेभित्रै पनि कम्युनिस्ट एकताको विषयलाई लिएर फरक-फरक धारणा रहेको सङ्केत गरेको छ। यसअघि अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा विभिन्न अनुमानहरूलाई जन्म दिएको थियो।g





