६ बैशाख २०८३, आईतवार

नयाँ कायरोमा ‘द स्पाइन’ आयोजनाको शिलान्यास, २७ अर्ब डलर लगानीमा १६५ अग्ला भवन निर्माण हुने

कायरो — इजिप्टले नयाँ कायरो क्षेत्रमा ‘द स्पाइन’ नामक विशाल शहरी विकास आयोजनाको शनिबार औपचारिक शुभारम्भ गरेको छ। मन्त्रिपरिषद्बाट जारी विज्ञप्तिअनुसार यस आयोजनामा १.४ ट्रिलियन इजिप्सियन पाउन्ड अर्थात् करिब २७ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुनेछ।

प्रधानमन्त्री मोस्ताफा माडबौलीले उक्त आयोजनालाई “हरेक मापदण्डले विश्वस्तरीय” भन्दै यसले इजिप्टमा शहरी विकास र आर्थिक वृद्धिमा वास्तविक छलाङ ल्याउने दाबी गरे। उनका अनुसार यो आयोजनाअन्तर्गत १६५ वटा आवासीय, प्रशासनिक तथा होटल टावरहरू निर्माण गरिनेछन्।

प्रधानमन्त्री माडबौलीले थप जानकारी दिँदै यस आयोजनाले करिब एक लाख ५५ हजार रोजगारीका अवसर सिर्जना गर्नुका साथै ८०० अर्ब इजिप्सियन पाउन्डभन्दा बढी कर प्रतिफल दिने अनुमान गरिएको बताए। उनले यस आयोजनाले स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने र साढे तीन हजारभन्दा बढी होटल कोठा थपिने लगायतका व्यापक आर्थिक, सामाजिक तथा पर्यटकीय लाभ पुर्याउने समेत उल्लेख गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button