७ बैशाख २०८३, सोमबार

हिमालयन रिइन्स्योरेन्स प्रकरण : हिरासतमा रहेका बिचौलिया भट्ट र गृहमन्त्री गुरुङबीच स्टार माइक्रो इन्स्योरेन्समा व्यापारिक साझेदारीको प्रमाण फेला

काठमाडौं, वैशाख ६ — सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा हिमालयन रिइन्स्योरेन्ससहित विभिन्न बिमा कम्पनीहरूको ठगी प्रकरणमा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र गृहमन्त्री सुधन गुरुङबीच व्यापारिक साझेदारी रहेको प्रमाण भेटिएको छ।

प्राप्त विवरण अनुसार, दुई जनाबीचको साझेदारी कम्पनी ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ हो। उक्त कम्पनीको दर्ता नम्बर ३०४६७०/०७९/८० रहेको छ। कम्पनीको सञ्चालक लगतको तेस्रो नम्बरमा दीपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्ग्सको तर्फबाट प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्यको नाम उल्लेख छ। यसैगरी, साझेदारीको ४९औं नम्बरमा गोरखाको चुमनुब्री गाउँपालिका-२ निवासी दिलबहादुर गुरुङका छोरा श्री सुधन गुरुङको नाम स्पष्ट रूपमा देखिन्छ।

कम्पनी दर्ताको अभिलेखमा गृहमन्त्री सुधन गुरुङको नागरिकता नम्बर ११३७९ उल्लेख गरिएको छ भने उनको नाममा पच्चीस हजार कित्ता शेयर समेत जारी भएको पाइएको छ। हाल हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीहरूको ठगी प्रकरणमा अनुसन्धान जारी रहेको र सोही सिलसिलामा बिचौलिया दीपक भट्ट प्रहरी हिरासतमा रहेको अवस्थामा गृहमन्त्रीसँगको यो व्यापारिक सम्बन्ध सार्वजनिक भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button