युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा शान्तिपूर्ण सम्झौताको सम्भावनामा जोड
काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको सम्भावना रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले भने, “म विश्वास गर्छु कि रुसविरुद्धको युक्रेनको यस युद्धमा शान्तिपूर्ण समाधानको सम्भावना छ।”
जेलेन्स्कीले युक्रेन शान्तिप्रति प्रतिबद्ध रहेको र कूटनीतिक समाधानतर्फ प्रयास गर्न आवश्यक रहेकोमा जोड दिए। उनले भने, “हामीले हरेक दिन शान्ति सम्झौतामा पुग्ने उपायहरू खोजिरहनु पर्छ। हामीले अमेरिकीहरूसँग भेट्नु आवश्यक छ। यस युद्धलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने बारे हामीसँग केही थप विचारहरू छन्।”
यसअघि जेलेन्स्कीले गत साता हुने तय भएको युक्रेन, अमेरिका र रुसबीचको प्रतिनिधिमण्डलको बैठक अमेरिकाको पहलमा स्थगित भएको बताएका थिए। प्रतिनिधिमण्डलहरूले यसअघि जनवरी २३–२४ र फेब्रुअरी ४–५ मा अबु धाबीमा दुई चरणको वार्ता गरेका थिए भने फेब्रुअरी १७–१८ मा जेनेभामा अर्को चरणको वार्ता भएको थियो।





