७ बैशाख २०८३, सोमबार

सहायक विदेशमन्त्री कपुर र रवि लामिछानेबीच भेटवार्ता

नयाँ सरकारमा रास्वपाका प्राथमिकता र द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौं — नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सोमबार भेटवार्ता गरेका छन्।

भेटका क्रममा सहायक विदेशमन्त्री कपुरले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका थिए। भेटमा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरूका विषयमा छलफल भएको जनाइएको छ। साथै, नेपाल र अमेरिकाबीच द्विपक्षीय सहयोगका सम्भावित क्षेत्रहरूबारे पनि विचारविमर्श भएको बताइएको छ।

यसअघि सहायक विदेशमन्त्री कपुरले सोमबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने गरी नियुक्त भएका कपुर सोमबार बिहानै काठमाडौं आइपुगेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button