७ बैशाख २०८३, सोमबार

“चिनियाँ मुटु” सहितको वाई–२०बी पहिलोपटक स्वदेशी इन्जिनसहित कोरियाबाट शहीद अवशेष ल्याउन प्रस्थान, चार जे–२० ले गर्नेछन् स्कर्टिङ

बेइजिङ — चिनियाँ जनमुक्ति सेनाको वायुसेना (पीएलएएएफ) को वाई–२०बी यातायात विमान सोमबार अपराह्न कोरियाली भूमिमा रहेका चिनियाँ स्वयंसेवक सैनिकहरूको तेह्रौं समूहको अवशेष स्वदेश फिर्ता ल्याउन दक्षिण कोरियातर्फ प्रस्थान गरेको छ। यो मिसनपछि वाई–२०बी चिनियाँ आकाशमा प्रवेश गरेपछि चारवटा जे–२० स्टिल्थ लडाकू विमानले यसलाई सम्मानपूर्वक स्कर्टिङ (एस्कर्ट) गर्नेछन् ।

सन् २०१५ देखि चिनियाँ वायुसेनाले हरेक वर्ष दक्षिण कोरियाबाट शहीदहरूको अवशेष ल्याउन विमान पठाउँदै आएको छ। सन् २०२० देखि स्वदेशमै विकास गरिएको ठूलो यातायात विमान वाई–२० शृङ्खला यस मिसनमा प्रयोग हुन थालेको हो। यस वर्ष भने ‘चिनियाँ मुटु’ का रूपमा परिचित स्वदेशी इन्जिन जडित वाई–२०बीले पहिलोपटक यो सम्मानजनक जिम्मेवारी पाएको हो। यो वाई–२०बी को पहिलो विदेशी मिसन समेत हो ।

यसैबीच, चिनियाँ वायुसेनाले तेह्रौं समूहका शहीदहरूको अवशेष फिर्ता ल्याउने मिसनको प्रतीक चिह्न (एम्ब्लेम) समेत सार्वजनिक गरेको छ। उक्त प्रतीक चिह्नमा स्वयंसेवक सैनिकको मूर्ति, चिनियाँ जन स्वयंसेवक सेनाको छातीमा लगाउने ब्याच, एउटा वाई–२०बी र चार जे–२० लडाकू विमानको संरचना, नयाँ युगका सैनिक तथा शान्तिका परेवाहरूको चित्र समावेश गरिएको छ। यसमा “नायक १९५०” र “घर फर्काइ २०२६” भन्ने शब्दहरू अङ्कित छन् । दुई पदकको एकीकृत संरचनामा डिजाइन गरिएको यो प्रतीकले घर फर्केका नायकहरूको विरासतको निरन्तरता र वायुसेनाका जवानहरूको इतिहास स्मरण तथा शहीदप्रतिको श्रद्धाञ्जलीको भावना दर्शाउँछ।

स्वदेशी इन्जिनले सिद्ध गरेको परिपक्वता

वाई–२०बी मूल वाई–२० प्लेटफर्मबाट विकास गरिएको स्तरोन्नत संस्करण हो। यसले उच्च बाइपास अनुपात भएको नयाँ पुस्ताको स्वदेशी इन्जिन प्रयोग गर्छ, जसले गर्दा यसको उडान दूरी, भारवहन क्षमता र गतिमा उल्लेख्य सुधार भएको छ। यसले शक्तिशाली लामो दूरीको रणनीतिक हवाई यातायात क्षमता राख्दछ ।

विमान विशेषज्ञ वाङ युनफेईका अनुसार यो मिसनले वाई–२०बी को स्वदेशी इन्जिन अब पूर्ण रूपमा परिपक्व र विश्वसनीय भइसकेको देखाउँछ। उनले भने, “यसले विमानको अन्तिम डिजाइन प्रमाणीकरण पूरा भई स्थिर रूपमा सञ्चालन भइरहेको सङ्केत गर्छ। वाई–२०बी को सफल प्रयोगले यो विमानले पूर्ण विश्वास जितेको छ र विभिन्न खाले जिम्मेवारी वहन गर्न सक्षम छ। भविष्यमा यो चिनियाँ सेनामा क्रमशः व्यापक रूपमा प्रयोग हुँदै लामो दूरी र जटिल रणनीतिक यातायातका मिसनहरू सम्पन्न गर्नेछ।”

सन् २०२५ मा चिनियाँ जनप्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धको विजयको ८०औं वार्षिकोत्सवको सैनिक परेडमा तीन वाई–२०ए र तीन वाई–२०बी सम्मिलित संरचनाले आकाश मार्गबाट अवलोकन गराएको थियो। त्यही नै ‘चिनियाँ मुटु’ जडित वाई–२०बी को पहिलो सार्वजनिक प्रस्तुति थियो।

विशेषज्ञहरूका अनुसार वाई–२०बी मा भएको मुख्य स्तरोन्नति भनेको इन्धन दक्षता हो, जसले गर्दा समान इन्धनमा बढी दूरी तय गर्न सक्छ। यसका साथै यसको स्थिरता र विश्वसनीयतामा पनि सुधार गरिएको छ। नेभिगेसन, सञ्चार र हवाई ट्राफिक व्यवस्थापन प्रणालीमा पनि आवश्यक समायोजन गरिएको छ। यो कन्फिगरेसनमा भविष्यमा हवाई ट्याङ्कर, प्याराट्रुप यातायात र हवाई प्रारम्भिक चेतावनी विमानजस्ता संस्करणहरू विकास हुन सक्ने अनुमान गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button