८ बैशाख २०८३, मंगलवार

पुस्किन सङ्ग्रहालयको ‘म्युजियम क्वार्टर’ निर्माणले गति लियो, बार्यातिन्स्की राजकुमारहरूको ऐतिहासिक कला सङ्ग्रह एकै ठाउँमा प्रदर्शनी सुरु

 

मस्को — रुसी उपप्रधानमन्त्री एवं पुस्किन राज्य ललितकला सङ्ग्रहालयको न्यासी परिषद्का अध्यक्ष मारात खुसनुल्लिनले सङ्ग्रहालय परिसरमा निर्माणाधीन ‘म्युजियम क्वार्टर’ (सङ्ग्रहालय शहर) को प्रगतिको निरीक्षण गर्दै ‘राजकुमार बार्यातिन्स्की: उत्तराधिकारीहरूका लागि कला’ शीर्षकको विशेष प्रदर्शनीको उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।

निर्माण स्थलको अवलोकनपछि खुसनुल्लिनले भने, “सन् २००० को दशकको अन्त्यतिर सङ्ग्रहालयको शतवार्षिकीको अवसरमा सुरु गरिएको यो आयोजना पटक–पटकको ढिलाइका कारण अलपत्र अवस्थामा पुगेको थियो। सन् २०२३ मा यसलाई ‘एकीकृत निर्माण आयोजक’ लाई हस्तान्तरण गरिएपछि बल्ल कामले गति लिएको हो।” हाल पाँचवटा भवनहरूमा निर्माण कार्य भइरहेको छ। निर्माणाधीन संरचनाहरूमध्ये सबैभन्दा ठूलो ‘भण्डारण–पुनर्स्थापना तथा प्रदर्शनी केन्द्र’ रहेको छ, जसको क्षेत्रफल २० हजार वर्गमिटरभन्दा बढी रहनेछ। साथै, १८औं तथा १९औं शताब्दीका पुराना शहरी हवेलीहरूलाई पुनर्निर्माण गरी सङ्ग्रहालय प्रशासनिक भवनमा परिणत गरिनेछ ।

शताब्दीयौंपछि एकै ठाउँमा बार्यातिन्स्की सङ्ग्रह

यसैबीच, सोही अवसरमा उद्घाटन गरिएको ‘राजकुमार बार्यातिन्स्की: उत्तराधिकारीहरूका लागि कला’ प्रदर्शनीले १८औं तथा १९औं शताब्दीको अन्त्यतिर कुर्स्क क्षेत्रको मार्यिनो दरबारमा सङ्कलित ऐतिहासिक कला सङ्ग्रहलाई पुनः एकै ठाउँमा ल्याएको छ। रुसी क्रान्तिपछि देशका विभिन्न सङ्ग्रहालयहरूमा छरिएर रहेको यो सङ्ग्रह अहिले पुस्किन सङ्ग्रहालयको पहलमा पुनः एकीकृत गरिएको हो ।

उपप्रधानमन्त्री खुसनुल्लिनले भने, “यस्ता परियोजनाहरूले हामीलाई एकताबद्ध गर्ने तत्त्वहरूसँगको सम्बन्धलाई जोगाइराख्छन्। आजको प्रदर्शनी ठूलो र व्यवस्थित कार्यको परिणति हो, जहाँ सङ्घीय सङ्ग्रहालयहरू, क्षेत्रीय निकायहरू, वैज्ञानिक समुदाय र निजी सङ्कलनकर्ताहरू एकजुट भएका छन्। संस्कृति केवल विगतको विषय मात्र होइन, यो राष्ट्रिय पहिचान र समाजको आन्तरिक स्थायित्वको आधार हो।”

यो प्रदर्शनी कुर्स्क राज्य चित्रकला दीर्घा, कुर्स्क क्षेत्रीय इतिहास सङ्ग्रहालय र रिल्स्क इतिहास सङ्ग्रहालयको संयुक्त सहकार्यमा तयार पारिएको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button