८ बैशाख २०८३, मंगलवार

होर्मुज जलसन्धिबाट सोमबार जम्मा १६ जहाजको आवागमन

 

तेहरान — अमेरिका र इरानबीचको अस्थिर युद्धविरामका कारण कप्तान तथा जहाज मालिकहरूले उच्च सतर्कता अपनाइरहेकाले सोमबार होर्मुज जलसन्धि हुँदै जम्मा १६ वटा जहाज मात्र आवागमन गरेको सीएनएनले जनाएको छ।

समुद्री यातायात अनुगमनकर्ता मरिनट्राफिकको तथ्याङ्कलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार सोमबार जलसन्धि पार गरी पर्सियन खाडीतर्फ प्रवेश गर्ने जहाजको सङ्ख्या ९ रहेको थियो, जसमा एक ट्याङ्करसहित इरानी झन्डा बोकेका दुई जहाज पनि समावेश थिए। यसैगरी, पर्सियन खाडीबाट ओमानको खाडीतर्फ निस्कने जहाजको सङ्ख्या ७ रहेको थियो, जसमा इरानी झन्डा बोकेको एक मालवाहक जहाज पनि रहेको थियो।

यद्यपि, केही जहाजहरूले आफ्नो स्थान लुकाउन ट्रान्सपोन्डर बन्द गर्ने वा सङ्केत परिवर्तन गर्ने गरेकाले उक्त तथ्याङ्क पूर्ण नभएको हुनसक्ने सीएनएनले उल्लेख गरेको छ। होर्मुज जलसन्धिलाई विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिन्छ। सामान्य अवस्थामा विश्वको कुल तेल आपूर्तिको झन्डै एक तिहाइ यही जलसन्धि हुँदै ओहोरदोहोर गर्छ। तर अमेरिकी नौसैनिक नाकाबन्दी र इरानी प्रतिरोधका कारण हाल यस क्षेत्रको अवस्था अत्यन्तै तनावपूर्ण बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button