मस्कोमा वार्षिक सपिङ मल निर्माण ९२ प्रतिशतले घट्यो, ८ वर्षयताकै न्यून

मस्को — रुसी राजधानी मस्कोमा नयाँ सपिङ मल (व्यापारिक केन्द्र) निर्माणको मात्रा वार्षिक रूपमा ९२ प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ। परामर्शदाता कम्पनी एनएफ ग्रुपको तथ्याङ्कअनुसार यो पछिल्लो ८ वर्षयताकै न्यून निर्माण दर हो।
विज्ञहरूका अनुसार निर्माण सामग्री तथा श्रम लागतमा भएको उच्च वृद्धिका कारण सपिङ मलका मालिक तथा लगानीकर्ताहरूले नयाँ संरचना निर्माणको काम स्थगित गर्न थालेका छन्। यसबाहेक, अनलाइन खुद्रा व्यापार (ई–कमर्स) सँगको बढ्दो प्रतिस्पर्धाका कारण व्यापारिक परिसरका मालिकहरूलाई नयाँ भाडादार आकर्षित गर्नसमेत चुनौतीपूर्ण बन्दै गएको छ।
यसैगरी, व्यावसायिक घरजग्गाको यो क्षेत्रमा लगानीकर्ताहरू थप सतर्क बन्दै गएका छन्। सोही अवधिमा सपिङ मलहरूमा हुने लगानीको मात्रामा वार्षिक रूपमा १० प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ।





