८ बैशाख २०८३, मंगलवार

चीन–अमेरिकाबीच सहकार्यको व्यापक सम्भावना

उपप्रधानमन्त्री ही लिफेङद्वारा अल्ब्राइट स्टोनब्रिज समूहका वरिष्ठ सल्लाहकारसँग भेटवार्ता

 

 

बेइजिङ — चीन र अमेरिकाबीच सहकार्यका लागि व्यापक क्षेत्र र विस्तृत साझा हितहरू रहेको चिनियाँ उपप्रधानमन्त्री ही लिफेङले सोमबार बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्यसमेत रहेका हीले अमेरिकी परामर्शदाता कम्पनी अल्ब्राइट स्टोनब्रिज समूहका वरिष्ठ सल्लाहकार माइरोन ब्रिलियन्टसँगको भेटवार्ताका क्रममा यस्तो धारणा राखेका हुन्।

उपप्रधानमन्त्री हीले चालु वर्षको पहिलो त्रैमासिकमा चिनियाँ अर्थतन्त्रले राम्रो सुरुवात गरेको बताउँदै प्रमुख सूचकहरूले तुलनात्मक रूपमा बलियो वृद्धि देखाएको उल्लेख गरे। उनले यसले चिनियाँ अर्थतन्त्रको मजबुत सहनशीलता र स्थायित्वलाई प्रदर्शन गरेको बताए।

उपप्रधानमन्त्री हीले अल्ब्राइट स्टोनब्रिज समूहले चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्थिर, स्वस्थ र दिगो रूपमा विकास गर्न सक्रिय भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरे।

प्रतिक्रियामा ब्रिलियन्टले अमेरिका र चीनबीचको राम्रो र स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध दुवै देश र विश्वकै लागि लाभदायक हुने बताए। उनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई थप गहिरो बनाउन पुलको भूमिका निर्वाह गर्न आफू तयार रहेको समेत बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button