८ बैशाख २०८३, मंगलवार

‘अन्तर्राष्ट्रिय जगतमा सकारात्मक छवि निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण’: परराष्ट्रमन्त्री खनालद्वारा पत्रकारहरूसँग अन्तरक्रिया

काठमाडौं — परराष्ट्र मन्त्रालयले सोमबार ‘परराष्ट्र मन्त्रालय–सञ्चारमाध्यम भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ। विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई जनमानसमा पुर्याउन सञ्चारमाध्यमको ठूलो भूमिका रहेको बताए।

मन्त्री खनालले अन्तर्राष्ट्रिय जगतमा देशको सन्तुलित एवं सकारात्मक छवि निर्माण गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताए।

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले सरकारका प्राथमिकताहरूलाई प्रभावकारी रूपमा सञ्चार गर्न र अगाडि बढाउन सञ्चारकर्मीसँगको खुला विचार आदानप्रदानले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो छलफलमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परराष्ट्र मामिलाका पछिल्ला गतिविधिहरू, मन्त्रालयका प्राथमिकताहरू, आर्थिक तथा सार्वजनिक कूटनीति र पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूले नेपालको परराष्ट्र नीति, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र नेपाली नागरिकहरूको सुरक्षासँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए। मन्त्रालयका अधिकारीहरूले पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सरकारको धारणा स्पष्ट पारेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button