८ बैशाख २०८३, मंगलवार

प्रधानमन्त्री शाहद्वारा राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल

राष्ट्रिय प्राथमिकता र बजेट कार्यान्वयनका चुनौतीबारे विमर्श

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसहित कर्मचारीहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, ती निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे विस्तृत छलफल भएको जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका विभिन्न चुनौतीहरू र त्यसका समाधानका उपायहरूका साथै आवश्यक सुधारका विषयमा समेत गहन विमर्श भएको छ। प्रधानमन्त्री शाहले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन यी दुवै निकायको भूमिका महत्त्वपूर्ण रहने बताउँदै आपसी समन्वय कायम गरी काम गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button