९ बैशाख २०८३, बुधबार

शेयर कारोबार ठगी प्रकरण : दिपक भट्टसहित १३ संस्था र व्यक्तिविरुद्ध प्रहरी अनुसन्धान सिफारिस

काठमाडौँ — धितोपत्र बजारमा कृत्रिम मूल्यवृद्धि गरी लगानीकर्तालाई ठगी गरेको अभियोगमा बिचौलिया दिपक भट्टसहित १३ वटा संस्था तथा व्यक्तिविरुद्ध प्रहरी अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रतिवेदन पठाएको छ।

धितोपत्र बोर्डको सुपरिवेक्षणपछि तयार पारिएको प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा भट्टले भूकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमार्फत अग्रिम रकम नै नबुझाई करिब ३८ अर्ब ५३ लाख रुपैयाँ बराबरको धितोपत्र खरिद गरेको उल्लेख छ। उनले ती शेयर र ऋणपत्र आफैँले नियन्त्रण गर्ने विभिन्न कम्पनीलाई उच्च मूल्यमा बिक्री गरी अवैध लाभ लिएको प्रतिवेदनमा दाबी गरिएको छ।

प्रतिवेदन अनुसार भट्टले एनबिएलडी ८५ ऋणपत्र प्रतिकित्ता रु. १,०८० मा खरिद गरी २ दिनमै रु. १,१०० देखि १,१८५ प्रतिकित्ताका दरले आफू सम्बद्ध गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई बिक्री गरेको तथ्य खुलेको छ। यस्तै, एसबीएलडी ८९, एनआइएमबीडी ९० र एसबीआईडी ८३ ऋणपत्रको कारोबार पनि त्यस्तै ढाँचामा भएको पाइएको छ।

सबै संलग्न व्यक्ति र संस्थाले कारोबार गर्दा एउटै आइपी एड्रेस (२०२.१६६.२०६.२४२) प्रयोग गरेको तथ्यले उनीहरूबीच समन्वय भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा निम्नलाई कारबाही सिफारिस गरिएको छ :

मुख्य आरोपित : दिपक भट्ट

सहयोगी संस्था तथा व्यक्ति :

· भूकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. तथा कार्यकारी प्रमुख सन्दीप चाचान
· शुभी अग्रवाल
· ऋषिराज मोर
· राजबहादुर शाह
· हिमालयन रिइन्स्योरेन्स लि.
· हिमालयन क्यापसर्भ लि.
· हिमालय सेक्युरिटिज बैंकर लि.
· एचएलआई लार्ज क्याप फन्ड
· नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.
· गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.
· क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लि.
· लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.
· प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.
· हिमालयन लाइफ इन्स्योरेन्स लि.
· रोहित गुप्ता र शेखर गोल्छा

प्रतिवेदनअनुसार उनीहरूविरुद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ (मूल्यमा उतारचढाव), ९५, ९६ (बजारलाई प्रभावित पार्ने), ९८ (जालसाजीयुक्त कारोबार) को कसूर देखिएको छ। धितोपत्र बोर्डले ऐनकै दफा १०३ बमोजिम प्रहरी प्रधान कार्यालयमा थप अनुसन्धानका लागि पठाउन उपयुक्त राय सुझाव दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button