९ बैशाख २०८३, बुधबार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, भट्ट प्रकरणपछि दबाब बढेपछि पदत्याग

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) साहसँगको छलफलपछि उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन्।

गुरुङले आफूमाथि उठेका विवादहरूको निष्पक्ष छानबिनका लागि आजैदेखि लागू हुने गरी राजीनामा दिएको बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजैको मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।”

बिचौलिया दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको खुलेपछि गुरुङ विवादमा तानिएका थिए। उक्त प्रकरण सार्वजनिक भएपछि उनले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी माग उठेको थियो। लामो दबाबपछि गुरुङले अन्ततः पद छाड्न बाध्य भएका हुन्।

यस घटनाले सरकारको गृह मन्त्रालय नेतृत्वमा ठूलो परिवर्तन आएको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button