गृहमन्त्री गुरुङलाई सिंहदरबारमा बिदाइ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि उनको सम्मानमा सिंहदरबारस्थित गृह मन्त्रालयमा एक औपचारिक बिदाइ कार्यक्रम आयोजना गरिएको छ।
२६ दिनको छोटो कार्यकालपछि राजीनामा दिएका गुरुङलाई मन्त्रालयका कर्मचारीहरूले हार्दिकतापूर्वक बिदाइ गरेका छन्। उक्त कार्यक्रममा मन्त्रालयका सचिव, विभागीय प्रमुख, कर्मचारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। उनीहरूले गृहमन्त्री गुरुङलाई उनको छोटो कार्यकालमा गरेको कामको प्रशंसा गर्दै भविष्यका लागि शुभकामना समेत व्यक्त गरे।



बिदाइ कार्यक्रमपश्चात गुरुङ मन्त्रालय परिसरबाट बाहिरिएका छन्। व्यवसायी दीपक भट्टसँगको साझेदारी प्रकरणपछि चौतर्फी दबाबका बीच उनले आफूमाथि निष्पक्ष छानबिनका लागि राजीनामा दिएको बताएका थिए। गुरुङको राजीनामापछि नयाँ गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री बालेन्द्र शाहले छलफल थालिसकेका छन्।





