निसीखोलामा बाख्रा चराउने क्रममा ७ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु

बुर्तिबाङ — निसीखोला गाउँपालिका–२ अर्नकोटमा बाख्रा चराउने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। ७ वर्षीया एलिना विकको आज दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार विक आफ्नै घर नजिकको बारीमा बाख्रा चराउँदै गर्दा भिरबाट लडेकी थिइन्। उनी करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनास्थलमा नै उनको मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।





