१० बैशाख २०८३, बिहीबार

दाहालको स्वीकारोक्ति : सत्तामा हुँदा पार्टीभित्र फोहोर थुप्रियो, जनताले नुहाइधुवाइ गरेर सबक सिकाए

काठमाडौँ — नेकपाका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा दाहालले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गरे।

अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएको पनि उनको भनाइ छ। दाहालले भने, “सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो। अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाइधुवाइ गरेर आऊ भनेर सबक सिकाएको हो। त्यसकारण हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरका रूपमा पनि यसलाई लिनुपर्छ।”

उनले कम्युनिस्टहरूमा गल्ती स्वीकार गर्ने र सुधार्न सक्ने क्षमता रहेको बताए। दाहालको यो अभिव्यक्तिले आफ्नो पार्टीको हालको अवस्थाप्रति आत्मसमीक्षाको भावना झल्काएको छ। उनले जनताको सन्देशलाई सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button