१२ बैशाख २०८३, शनिबार

श्रीलंकाको प्रतिव्यक्ति आय पहिलोपटक ५ हजार अमेरिकी डलर नाघ्यो

कोलम्बो — श्रीलंकाको प्रतिव्यक्ति आय सन् २०२५ मा पहिलोपटक ५ हजार अमेरिकी डलर नाघेको छ। केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनअनुसार यो आय ५ हजार ३ डलर पुगेको राजकीय सञ्चारमाध्यमले जनाएको छ।

केन्द्रीय बैंकको प्रतिवेदनले सन् २०२५ मा श्रीलंकाको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको देखाएको छ। यो हालका वर्षको तुलनामा उल्लेखनीय सुधार हो।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार श्रीलंकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ३०.१ ट्रिलियन रुपैयाँ रहेकोमा सन् २०२५ मा बढेर ३२.७५ ट्रिलियन रुपैयाँ (करिब १०५ बिलियन अमेरिकी डलर) पुगेको छ।

तथ्याङ्कअनुसार सरकारी राजस्व जीडीपीको १६.७ प्रतिशत पुगेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button