१६ बैशाख २०८३, बुधबार

कम्बोडियामा विद्युतीय सवारीको पञ्जीकरण बढ्दो : एक महिनामै १६७६

नोम पेन्ह — कम्बोडियामा सन् २०२१ देखि सन् २०२६ मार्चसम्म ११ हजार ६५६ विद्युतीय सवारी (ईभी) दर्ता भएको सार्वजनिक कार्य तथा यातायात मन्त्रालयका प्रवक्ता फान रिमले बताएका छन्।

यस वर्ष मार्चसम्ममा ३ हजार ८३२ विद्युतीय मोटरसाइकल र ७२२ विद्युतीय तीनपाङ्ग्रे सवारी दर्ता भएको उनले जनाए।

रिमका अनुसार यस वर्ष मार्च महिनामा मात्र १ हजार ६७६ विद्युतीय सवारी दर्ता भएको छ। ‘यस वर्ष मार्चमा ईभी पञ्जीकरणमा उल्लेखनीय वृद्धि देखिएको छ,’ उनले सिन्ह्वा समाचार एजेन्सीलाई भने।

मध्यपूर्व द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य बढेपछि मानिसहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेको रिमको भनाइ छ।

वाणिज्य मन्त्रालयका अनुसार बिहीबार एक लिटर डिजलको मूल्य ५ हजार ७०० रियल (करिब १.४२ अमेरिकी डलर) रहेको छ भने पेट्रोलको मूल्य ४ हजार ९५० रियल छ।

रिमले भने, ‘विद्युतीय सवारी प्रयोगले इन्धन खर्च बचत हुन्छ र यसले कुनै पनि प्रकारको टेलपाइप उत्सर्जन नगर्ने भएकाले वातावरणमैत्री पनि छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button