हनोईमा पेट्रोलियम मोटरसाइकलमा रोक : सप्ताहन्तमा हुएन किइम कोर क्षेत्रमा प्रतिबन्ध

हनोई — भियतनामको राजधानी हनोईको स्थानीय प्रशासनले हुएन किइम वार्डको मुख्य क्षेत्रमा तोकिएको समयमा पेट्रोलियमबाट चल्ने मोटरसाइकलमा प्रतिबन्ध लगाउने पायलट योजना प्रस्ताव गरेको छ। भिएनएक्सप्रेस दैनिकले बिहीबार यो जानकारी दिएको हो।
कम उत्सर्जन क्षेत्रको प्रस्तावअनुसार पायलट योजना सन् २०२६ जुलाई १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ। यो क्षेत्र हुएन किइम वार्डको ११ वटा सडकलाई समेट्नेछ।
राइड–हेलिङ सेवामा प्रयोग हुने पेट्रोलियम मोटरसाइकलमा शुक्रबार साँझ ६ बजेदेखि मध्यरातसम्म र शनिबार तथा आइतबार बिहान ६ बजेदेखि मध्यरातसम्म प्रतिबन्ध लागू हुनेछ।
सन् २०२७ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सहरले पायलट क्षेत्र विस्तार गरी कुआ नाम वार्डको १४ वटा सडकलाई समेट्ने योजना बनाएको छ।
त्यसपछिको चरणमा सन् २०२८ जनवरी १ देखि सन् २०२९ डिसेम्बर ३१ सम्म कम उत्सर्जन क्षेत्रलाई सहरको रिङ रोड १ भित्रको सम्पूर्ण क्षेत्र (२६ वर्ग किलोमिटरभन्दा बढी) मा विस्तार गरिनेछ।





