राजीनामा दिएका गृहमन्त्री गुरुङका जेनजी समर्थकले आफूलाई ‘गृहसचिव’ लेखेपछि

काठमाडौं — हिजो राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङनिकट एक जेनजी कार्यकर्ताले जारी गरेको विज्ञप्तिमा आफूलाई गृह मन्त्रालयको सचिव उल्लेख गरेको पाइएको छ।
काउन्सिल अफ जेनजी नेपालमा आबद्ध आदित्य सिंहले संगठनको तर्फबाट विज्ञप्ति जारी गर्दै आफूलाई गृहसचिव तोकेका हुन्। विज्ञप्तिको अन्त्यमा ‘सचिव, गृह मन्त्रालय’ भन्ने उल्लेख छ।

बिचौलिया दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको तथ्य बाहिरिएको र सम्पत्ति विवरणमा आफ्ना लगानीबारे उल्लेख नगरेको आरोप लागेपछि गुरुङ राजीनामा दिन बाध्य भएका थिए। उनको पक्षमा काउन्सिलले जारी गरेको सोही विज्ञप्तिमा यस्तो उल्लेख भएको हो।





