भारतका सचिव (पश्चिम) को महासचिव गुटेरेससँग भेट : बहुपक्षवाद र संयुक्त राष्ट्र सुधारमा विचार आदानप्रदान

संयुक्त राष्ट्र मुख्यालय — भारतको विदेश मन्त्रालयका सचिव (पश्चिम) सिबी जर्जले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा जर्जले बहुपक्षवादप्रति भारतको बलियो प्रतिबद्धतालाई रेखांकित गरे। उक्त भेटमा संयुक्त राष्ट्र संघको सुधार र ग्लोबल साउथ (विकासशील दक्षिणी मुलुक) लाई अझ बढी आवाज दिने विषयमा दुवैजनाबीच विचार आदानप्रदान भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
ग्लोबल साउथलाई सशक्तीकरण गर्ने विषयलाई भारतले निरन्तर रूपमा प्राथमिकता दिँदै आएको छ। ‘भारत–संयुक्त राष्ट्र विकास साझेदारी कोष’ जस्ता पहलहरू त्यसैका उदाहरण हुन्।





