१० बैशाख २०८३, बिहीबार

एडीबीबाट ११५ मिलियन डलर ऋण : वार्ता टोली गठन, सरकारी निकायको सफ्टवेयर अध्ययन गर्न कार्यदल

काठमाडौं — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापनका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले सरकारी निकायमा रहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सष्मित पोखरेलले जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button