१० बैशाख २०८३, बिहीबार

हर्मुज जलसन्धिमा मुक्त नौचालनका लागि जर्मनी सहयोग गर्न तयार

बर्लिन — जर्मन सरकारले हर्मुज जलसन्धिमा नौचालनको स्वतन्त्रता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन आफ्नो राष्ट्रिय प्रक्रिया अनुसार सहयोग गर्न तयार रहेको जनाएको छ। सञ्चारमाध्यमका रिपोर्टअनुसार जर्मनीको यो अभिव्यक्ति रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

रोयटर्स समाचार एजेन्सीका अनुसार जर्मन सरकारले हर्मुज जलसन्धि स्थायी रूपमा, विश्वसनीय रुपमा र कुनै प्रतिबन्ध वा शुल्क बिना नै खुला रहनुपर्ने धारणा राखेको छ। यस क्षेत्रमा बढ्दो भू–राजनीतिक तनावका बीच जर्मन सरकारको यो अभिव्यक्तिले विश्व व्यापार तथा ऊर्जा आपूर्ति मार्गको रुपमा रहेको यो जलसन्धिको सुरक्षाप्रति गम्भीर चासो देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button