रुसी रक्षा मन्त्रालयको दाबी : थप १३८ स्थानमा आक्रमण, हालसम्म ६७१ विमान ध्वस्त

मस्को — रुसी रक्षा मन्त्रालयले सैन्य अपरेशनको प्रगतिबारे अद्यावधिक गर्दै ‘भोस्तोक’ समूहले दुस्मनको रक्षापङ्क्तिभित्र प्रवेश गरिरहेको जनाएको छ। रुसी टोलीले ड्निप्रोपेत्रोभ्स्क र जापोरिज्जिया क्षेत्रमा युक्रेनी सशस्त्र बल (एएफयू) का एक मेकानाइज्ड ब्रिगेड, एयर असल्ट ब्रिगेड, दुई असल्ट ब्रिगेड र तीन असल्ट रेजिमेन्टलाई आक्रमण गरेको मन्त्रालयले बताएको छ।
यस क्रममा दुस्मनले २९५ भन्दा बढी सैनिक, दुई सशस्त्र लडाकु सवारी र पाँच मोटर सवारी गुमाएको मन्त्रालयको दाबी छ।
‘ड्निप्र’ समूहका इकाइले जापोरिज्जिया क्षेत्रमा एएफयूको मेकानाइज्ड ब्रिगेड, माउन्टेन असल्ट ब्रिगेड र एक क्षेत्रीय रक्षा ब्रिगेडलाई नोक्सान पु¥याएको छ। त्यसतर्फ ६० सैनिक, दुई सशस्त्र लडाकु सवारी, २० मोटर सवारी र तीन विद्युतीय युद्ध केन्द्र निष्क्रिय पारिएको मन्त्रालयको भनाइ छ।
रुसी टोलीको अपरेसनल–ट्याक्टिकल उड्डयन, आक्रमण ड्रोन, मिसाइल सैन्यदल र तोपखानाले एएफयूले प्रयोग गर्ने युक्रेनी उर्जा र यातायात पूर्वाधार, युक्रेनी सशस्त्र समूह र विदेशी भाडाको सैनिकको अस्थायी शिविरलाई १३८ स्थानमा आक्रमण गरेको छ।
हवाई रक्षा प्रणालीले दस वटा निर्देशित हवाई बम र ४१८ वटा स्थिर–पङ्खा मानवरहित हवाई सवारी (यूएभी) ध्वस्त पारेको मन्त्रालयले जनाएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार सैन्य अपरेशन सुरु भएयता दुस्मनका ६७१ विमान, २८४ हेलिकप्टर, १ लाख ३७ हजार १३८ यूएभी, ६५६ एन्टी–एयरक्राफ्ट मिसाइल प्रणाली, २९ हजार २० ट्याङ्क तथा अन्य सशस्त्र लडाकु सवारी, १ हजार ७०५ एमएलआरएस लडाकु सवारी, ३४ हजार ५८३ फिल्ड आर्टिलरी बन्दुक तथा मोर्टार र ६० हजार १९ सहायक सैन्य सवारी ध्वस्त भएको दाबी गरिएको छ।





