१० बैशाख २०८३, बिहीबार

ट्राइब्रेकरमा रोलिङ क्लबलाई हराउँदै एनआरटी इलाम गोल्डकपको फाइनलमा

इलाम — डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा एनआरटीले रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा एनआरटीले रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हरायो।

निर्धारित समयमा एनआरटीका लागि विज्ञान खड्का र रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए।

आजको खेलको म्यान अफ द म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए। उनले ८ हजार एक रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे।

विजेता टोली एनआरटीले यही वैशाख १२ गते मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा आठ टोलीको सहभागिता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button