रुसले आर्कटिकमा विश्वकै ठुलो प्राथमिकता क्षेत्र सिर्जना गरेको छ : १० वर्षमा ३० ट्रिलियन रुपैयाँभन्दा बढीको लगानी

मस्को — रुसले आर्कटिक क्षेत्रमा विश्वकै ठुलो प्राथमिकता (प्रिफरेन्सियल) क्षेत्र स्थापना गरेको छ। उपप्रधानमन्त्री तथा सुदूर पूर्वी सङ्घीय जिल्लामा राष्ट्रपतिका पूर्णाधिकारी युरी त्रुत्नेभका अनुसार रुसको आर्कटिक क्षेत्र देशको अर्थतन्त्र विकास र सुरक्षा सुनिश्चित गर्न रणनीतिक महत्त्व राख्छ। पछिल्लो पाँच वर्षमा सरकारी सहायतामा एक हजारभन्दा बढी परियोजना सञ्चालनमा आएका छन् भने आगामी १० वर्षमा लगानी ३० ट्रिलियन रुबल (करिब ३२५ अर्ब अमेरिकी डलर) नाघ्ने अनुमान गरिएको छ।
उत्तरी समुद्री मार्गको विकास
पछिल्लो १० वर्षमा उत्तरी समुद्री मार्ग (सेभमोर्पुत) मार्फत ढुवानी हुने मालवस्तुको मात्रा ४० लाख टनबाट बढेर लगभग ३ करोड ८० लाख टन पुगेको छ। यस मार्गमा चारवटा आणविक शक्तिबाट चल्ने आइसब्रेकर जहाज, छवटा आपत्कालीन उद्धार जहाज निर्माण गरिएको छ भने तीनवटा हाइड्रोग्राफिक जहाजको आधुनिकीकरण गरिएको छ। पाँचवटा हाइड्रोमेटियोरोलोजिकल तथा रडार अवलोकन उपग्रह कक्षमा तैनाथ गरिएका छन्। सन् २०३५ सम्ममा थप चार आणविक आइसब्रेकर, कम्तीमा १० वटा आपत्कालीन उद्धार जहाज निर्माण र १२ वटा उपग्रह प्रक्षेपण गर्ने योजना रहेको छ।
सरकार र राज्य निगमहरूले उत्तरी समुद्री मार्ग, आन्तरिक जलमार्ग र पूर्वाधार सुविधाहरू जोड्ने ‘ट्रान्सआर्कटिक यातायात करिडोर’ को मोडेल विकास गरिरहेका छन्।
जीवनस्तर सुधार
आर्कटिक क्षेत्रमा राष्ट्रपतिको एकीकृत अनुदान, सहुलियतपूर्ण धरौटी (बन्धक), ‘आर्कटिक हेक्टर’ कार्यक्रम र किफायती भाडाको आवासजस्ता संयन्त्र सञ्चालनमा रहेका छन्। मुख्य बस्ती क्षेत्रको विकासको लागि ‘मास्टर प्लान’ तयार गरिएको छ। एक सयभन्दा बढी पूर्वाधार निर्माण र आधुनिकीकरण थालिएको छ। सन् २०२६–२०२८ को अवधिमा सङ्घीय बजेटबाट मास्टर प्लान कार्यान्वयनका लागि ७० अर्बभन्दा बढी रुबल विनियोजन गर्ने प्रावधान गरिएको छ।
उत्तरी आपूर्ति (सेभर्नी जाभोज)
उत्तरी क्षेत्रमा वार्षिक ४० लाख टन मालवस्तु ढुवानी गरिन्छ जसको मूल्य २०० अर्ब रुबलभन्दा बढी छ। सबै स्थानीय बस्तीहरूमा इन्धन, खाद्यान्न तथा प्राथमिक आवश्यकता वस्तुको आपूर्ति सुनिश्चित भएको छ। गत दुई वर्षमा ढिलो आपूर्ति भएका कन्टेनरको सङ्ख्या ३० गुणभन्दा बढीले घटेको छ।
जलवायु परिवर्तन र विज्ञान
रुसका १२ क्षेत्रहरूमा आर्कटिक भू–भागको निरन्तर अनुगमन प्रणाली (क्रायोस्फियर मोनिटरिङ) सञ्चालनमा छ। एकीकृत अनुगमन वैज्ञानिक केन्द्र स्थापना गर्ने काम भइरहेको छ।
स्भालबार्ड टापुसमूहमा अन्तर्राष्ट्रिय वैज्ञानिक तथा शैक्षिक केन्द्र निर्माणको तयारी भइरहेको छ। उपप्रधानमन्त्री त्रुत्नेभले राष्ट्रपतिलाई उक्त केन्द्रको नाम आर्कटिक अन्वेषक आर्थर निकोलायेभिच चिलिनगारोभको नाममा राख्न प्रस्ताव गरेको जानकारी दिए।
उपप्रधानमन्त्री त्रुत्नेभले भने, ‘पाँच वर्षमा परिवर्तित भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखी तपाईंको निर्देशनबमोजिम अद्यावधिक रणनीतिको मस्यौदा तयार गरिएको छ। राज्य नीति र रणनीतिको आधारलाई एकीकृत गर्दै दस्ताबेज “सन् २०५० सम्म रुसी आर्कटिक क्षेत्रको विकास रणनीति” बनाइएको छ। रुसी आर्कटिक क्षेत्रको विकास कार्य निरन्तर जारी रहनेछ।’





