११ बैशाख २०८३, शुक्रबार

चीनले चन्द्रमामा फेला पारे दुई नयाँ खनिज

बेइजिङ – चिनियाँ वैज्ञानिकहरूले चीनको चाङ’ए–५ मिसनले ल्याएको चन्द्रमाको नमुनाबाट दुई नयाँ चन्द्र खनिज पत्ता लगाएका छन्। यसले सन् २०२२ मा चिनियाँ वैज्ञानिकहरूले पहिलो पटक चन्द्र खनिज चेञ्जसाइट–(वाइ) फेला पारेपछिको पछिल्लो उपलब्धिलाई चिह्नित गर्दछ। योसँगै हालसम्म विश्वभर चन्द्रमाको नमुनाबाट पत्ता लागेका नयाँ खनिजहरूको कूल सङ्ख्या आठ पुगेको छ।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा शुक्रबार आयोजित ‘२०२६ अन्तरिक्ष दिवस’ को उद्घाटन समारोहमा चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यी दुई खोजहरूको घोषणा गरेको हो। ती दुई खनिज हुन्— म्याग्नेसियोचेञ्जसाइट–(वाइ) र चेञ्जसाइट–(सीई)। यी दुवै खनिजलाई अन्तर्राष्ट्रिय खनिज सङ्घको नयाँ खनिज, नामकरण र वर्गीकरण आयोगले अनुमोदन गरिसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button