राजा ज्ञानेन्द्र पोखरामा : समर्थकद्वारा बाजागाजासहित स्वागत, दुई साता बस्ने कार्यक्रम

पोखरा — पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन्। उनलाई पोखरा विमानस्थलमा समर्थकहरूले भेला भएर स्वागत गरेका हुन्।
शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए। उनी पोखरामा दुई साता बस्ने कार्यक्रम रहेको बताइएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएदेखि नै राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा दिने र राजालाई पुनःस्थापना गर्ने तयारी भइरहेको भित्रभित्रै व्यापक चर्चा चलिरहेको छ। राजसंस्था पुनःस्थापना भएपछि देशमा शान्ति सुव्यवस्था कायम हुने विश्वास गर्नेहरू यस्ता हल्ला सुनेर रमाइरहेका छन्।










