११ बैशाख २०८३, शुक्रबार

देशभर लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं — नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरुण चौधरीलाई पक्राउ गरिएको हो। यसैगरी, काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ।

मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएको हो। कैलालीको गोदावरी नगरपालिका–४ स्थित डिएन रुद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलंका मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ।

त्यसैगरी, उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माझटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button