सुकुम्बासी आन्दोलनकै मुखमा एमाले नेता पक्राउ : कार्यवाहक अध्यक्ष परियार बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौं — सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं नेकपा एमालेका नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।
उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
यसैबीच, सरकारले बागमती किनारमा बसोबास गर्ने सुकुम्बासीहरूलाई शुक्रबार बेलुकीसम्म बस्ती खाली गर्न आग्रह गरेपछि सुकुम्बासी अगुवाहरू आन्दोलनको तयारीमा जुटेका छन्। यद्यपि, परियारको पक्राउ सुकुम्बासी बस्ती खाली गर्ने विषयसँग सम्बन्धित नभएको एसपी भट्टराईले स्पष्ट पारेका छन्।





