राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डे ठेक्का प्रकरणमा पक्राउ

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रबार बेलुका काठमाडौंबाट पक्राउ गरेको हो। उनीमाथि ठेक्का अवैधानिक रूपमा आफ्नो पक्षमा पारेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले जानकारी दिएको छ।





