११ बैशाख २०८३, शुक्रबार

पञ्चायती राज दिवसमा स्यारीमा जनप्रतिनिधिको सम्मान, प्रधानमन्त्रीको सम्भावित सिक्किम भ्रमणबारे विशेष छलफल

स्यारी (सिक्किम) — राष्ट्रिय पञ्चायती राज दिवसको अवसरमा स्यारी निर्वाचन क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरी नवनिर्वाचित तथा पूर्व पार्षदहरूलाई सम्मान एवं बधाई ज्ञापन गरिएको छ।

स्थानीयस्तरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि क्षेत्र विधायक तेन्जिङ नोर्बु लाम्ठा थिए। कार्यक्रमको मुख्य आकर्षण नवनिर्वाचित पार्षदहरूको औपचारिक स्वागत तथा उनीहरूलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नु रहेको थियो। वक्ताहरूले स्थानीय तहको सुदृढीकरण, जनसेवा प्रभावकारी बनाउने प्रतिबद्धता तथा पारदर्शिता कायम राख्ने विषयमा जोड दिए।

कार्यक्रममा देशका माननीय प्रधानमन्त्रीको सिक्किममा हुने सम्भावित भ्रमणलाई ध्यानमा राख्दै समन्वय बैठक आयोजना गरी विशेष छलफल समेत गरिएको थियो। स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच सहकार्य बढाउँदै प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button