११ बैशाख २०८३, शुक्रबार

थापाथलीमा पाँच डोजर तयार : सुकुम्बासी बस्ती आजै खाली गर्न चेतावनी, भोलि बिहानैदेखि भत्काउने तयारी

काठमाडौं — सरकारले काठमाडौं महानगरपालिकासँगको समन्वयमा राजधानीका विभिन्न सुकुम्बासी बस्ती भत्काउन थालेको छ। आज साँझसम्म बस्ती खाली गर्न चेतावनी दिएपछि अतिक्रमण गरेर बस्दै आएका केही सुकुम्बासीहरू आफैं घरटहरा भत्काउँदै खाली गरिरहेका छन् भने केहीले भने अटेर गर्दै बसिरहेका छन्।

काठमाडौं महानगर प्रहरी स्रोतका अनुसार भोलि बिहान ७ बजेदेखि थापाथलीस्थित सुकुम्बासी बस्तीमा सबैभन्दा पहिले डोजर चल्नेछ। स्रोतले थापाथली बस्ती भत्काउनका लागि पाँच वटा डोजर तयारी अवस्थामा राखिएको जानकारी दिएको छ। सरकारले पहिलो चरणमा थापाथली, मनोहरा र सिनामंगल–गैरीगाउँ क्षेत्रमा डोजर लगाउने भएको छ।

बस्ती भत्काउने क्रममा हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै काठमाडौं प्रशासन र महानगरपालिकाबीच समन्वय भइरहेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button