‘वायु तथा उर्जा’ले सिंगारेको पर्यावरण : चीनको ३० हजार किलोवाटको संयुक्त पवन–उर्जा भण्डारण आयोजना शिगात्से सहर साक्या जिल्लामा सञ्चालनमा

साक्या (शिगात्से) — चीनको तिब्बत स्वायत्त क्षेत्रको शिगात्से सहर अन्तर्गत साक्या जिल्लामा रहेको ३० हजार किलोवाट क्षमताको संयुक्त पवन–उर्जा भण्डारण आयोजनाले हरित ऊर्जा विकासमा नयाँ कोशेढुङ्गा हासिल गरेको छ। उक्त आयोजनाको कुल लगानी करिब १.२ अर्ब चिनियाँ युआन रहेको छ, जसमा १० हजार किलोवाटको प्रकाश ऊर्जा, २० हजार किलोवाटको वायु ऊर्जा तथा सोही अनुरूपका सम्पूर्ण सहायक उपकरणहरू, ऊर्जा भण्डारण प्रणाली र भोल्टेज बढाउने प्रणाली समावेश छन्। यो आयोजना सन् २०२४ को अन्त्यमा निर्माण सम्पन्न भई व्यावसायिक सञ्चालनमा आइसकेको छ।
प्राप्त जानकारी अनुसार यस आयोजनाको वार्षिक विद्युत् उत्पादन क्षमता ५४.६ करोड किलोवाट घण्टा (५४६ मिलियन युनिट) भन्दा बढी रहेको छ। यसले प्रत्येक वर्ष करिब १ लाख ६४ हजार टन मानक कोइला बचत गर्न सक्नुका साथै ४ लाख ५० हजार टन कार्बनडाइअक्साइड र ७२ हजार ६ सय ४० टन सल्फरडाइअक्साइडको उत्सर्जन घटाएको छ। फलस्वरूप पर्यावरण संरक्षणको प्रभावशाली परिणाम देखिएको छ, जसले उच्च क्षेत्रको हरित तथा सफा उर्जा विकासलाई समेत बल दिएको छ। यो चीनको ३० हजार किलोवाट क्षमताको उच्च उचाइमा रहेको एकीकृत पवन–प्रकाश–भण्डारण आयोजनाको एक सफल नमूना हो।





