१२ बैशाख २०८३, शनिबार

रुसी गृहमन्त्रीको उत्तर कोरिया भ्रमण : वोनसानमा सोभियत सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण, ऐतिहासिक स्मृतिको रक्षामा जोड

वोनसान (उत्तर कोरिया) — रुसका गृहमन्त्री भ्लादिमिर कोलोकोल्त्सेभले उत्तर कोरियाको औपचारिक भ्रमणका क्रममा बिहीबार वोनसान सहरको अवलोकन गरेका छन्।

रुसी गृह मन्त्रालयका अनुसार मन्त्री कोलोकोल्त्सेभले पूर्वी तटीय सहर वोनसानको पूर्वाधारको भ्रमण गरे। मूलतः बन्दरगाह सहरको रूपमा रहेको वोनसान हाल आधुनिक मनोरञ्जन र पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ। मनोरम प्राकृतिक वातावरण, अनुकूल हावापानी र उन्नत पूर्वाधारका कारण वोनसान–काल्मा तटीय पर्यटकीय क्षेत्र आकर्षक अन्तर्राष्ट्रियस्तरको गन्तव्य बनेको छ।

रुसी प्रतिनिधिमण्डलका प्रमुखले वोनसानमा सोभियत सैनिकहरूको स्मारकको सावधानीपूर्वक संरक्षण र दोस्रो विश्वयुद्धका बेला पुर्खाले देखाएको वीरताको ऐतिहासिक स्मृतिलाई जोगाइराख्ने प्रतिबद्धताको प्रशंसा गरे। उनले भने, ‘हिटलरको जर्मनी र सैन्यवादी जापानमाथि विजय प्राप्त गरेको ८० वर्षपछि पुनः प्रतिशोधवादी भावना बल्झिरहेको अवस्थामा महान् विजयका लागि जीवन अर्पण गर्ने वीरहरूको बलिदानप्रति विश्वासघात नगर्नु अत्यन्तै महत्त्वपूर्ण छ।’

कार्यक्रममा गृहमन्त्री कोलोकोल्त्सेभले सोभियत सैनिकहरूको स्मारकमा पुष्पगुच्छा अर्पण गरे। रुसी प्रतिनिधिमण्डलले सन् १९४५ मा कोरिया मुक्तिका लागि लडिएको युद्धमा शहीद भएका सैनिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरेको रुसी गृह मन्त्रालयले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button