१२ बैशाख २०८३, शनिबार

ऊर्जा सहकार्य र क्षेत्रीय चुनौतीबारे छलफल : ऊर्जामन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं — नेपालका लागि चीनका राजदूत झाङ माओमिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग शुक्रबार शिष्टाचार भेटघाट गरेका छन्।

भेटका क्रममा दुई पक्षबीच पारस्परिक लाभकारी व्यावहारिक सहकार्य अगाडि बढाउने विषयमा विस्तृत छलफल भएको थियो। उनीहरूले वर्तमान क्षेत्रीय ऊर्जा चुनौतीहरूको सामना कसरी गर्ने भन्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए।

राजदूत झाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। मन्त्री श्रेष्ठले नेपाल-चीन ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सरकार इच्छुक रहेको धारणा राखेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button