१२ बैशाख २०८३, शनिबार

सर्लाहीबाट तस्करी गरिएको चिनियाँ लसुन बीउ भारतमा बरामद, दुई जना पक्राउ

सर्लाही — सर्लाहीका विभिन्न सीमा नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्याइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले बरामद गरेको हो।

शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबी टोलीले दुई वटा महिन्द्रा बोलेरो पिकअपबाट ठूलो परिमाणमा सामान बरामद गरेको छ। बरामद गरिएको चिनियाँ लसुन ६७ पोका अर्थात् करिब १ हजार २०६ किलोग्राम रहेको छ भने काँक्रोको बीउ ३ हजार ७२४ किलोग्राम फेला परेको छ।

तस्करीमा संलग्न दुई जना व्यक्ति र प्रयोग गरिएको गाडी समेत नियन्त्रणमा लिई थप कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको छ। सीमावर्ती क्षेत्रमा यति ठूलो परिमाणमा तस्करीको सामान फेला पर्नुले सर्लाही नाका हुँदै हुने अवैध कारोबार अझै सक्रिय रहेको देखाएको छ। लामो समयदेखि सर्लाही जिल्ला तस्करीको मुख्य मार्गका रूपमा चिनिँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button