१२ बैशाख २०८३, शनिबार

अमेरिकी युद्धपोतद्वारा इरानी झण्डा बोकेको जहाज नियन्त्रणमा : इरानी बन्दरगाहमाथिको नाकाबन्दी कार्यान्वयनको दाबी

वासिङ्टन — अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानी झण्डा बोकेको एउटा जहाजलाई नियन्त्रणमा लिएको जनाएको छ।

कमान्डले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘गाइडेड–मिसाइल डिस्ट्रोयर यूएसएस राफेल पेराल्टा (डीडीजी ११५) ले अप्रिल २४ का दिन इरानी बन्दरगाहतर्फ जान खोजिरहेको इरानी झण्डा बोकेको जहाजविरुद्ध अमेरिकी नाकाबन्दी कार्यान्वयन गरेको छ।’

उक्त जहाज इरानको कुनै बन्दरगाहतर्फ जाँदै गरेको अवस्थामा अमेरिकी युद्धपोतले रोकेर नियन्त्रणमा लिएको सेन्टकमले जानकारी दिएको छ। यो कारबाही इरानी बन्दरगाहहरूमाथि अमेरिकाले लगाएको नाकाबन्दी अन्तर्गत भएको बताइएको छ। सो घटनापछि क्षेत्रीय तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button