सिक्किमको स्वर्णिम महोत्सव : प्रधानमन्त्री मोदीको आगमन, ‘फोटो बुथ’ उद्घाटन

गान्तोक — सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको समापन कार्यक्रममा आगामी २८ अप्रिल २०२६ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन हुँदैछ। यही अवसर पारेर गान्तोकको एमजी मार्गमा राखिएको ‘फोटो बुथ’को उद्घाटन गान्तोक समष्टिका विधायक दिले नामग्याल बर्फुङपाले गरेका छन्।
यस फोटो बुथमा सर्वसाधारणले आएर निःशुल्क फोटो खिच्न सक्नेछन्। स्वर्णिम महोत्सवका क्रममा रहेको यो व्यवस्थाले पर्यटक तथा स्थानीयमा उत्साह थपेको छ। सिक्किम सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी यस ऐतिहासिक अवसरलाई भव्य बनाउने तयारी गरेको छ।





